Friday, September 27, 2024

Shree Ram Swodharma Translates My Haiku Into Nepali

 

प्रा. डा. आर के सिंह भारतका समकालीन साहित्यका वरिष्ठ कवि, समालोचक साथै पत्रकार, शिक्षाविद् एवं विज्ञान, प्रविधि विज्ञ हुनुहुन्छ । विशेषगरी अङ्ग्रेजी लेखनमा उहाँ सिद्धहस्त हुनुहुन्छ । करिब ५० पुस्तक लेख्नुभएका सिंहका १७० रिसर्च आर्टिकल र १७५ पुस्तक समीक्षा आइसकेका छन् । विश्वभरिका समकालीन हाइकुकारहरूमा पनि उहाँ अगाडि हुनुहुन्छ । हाइकु लेख्दाको सुरुवाती बेलामा म उहाँको हाइकु खोजी खोजी पढ्ने गर्थे । केही दिन अघि मैले करिब २ वर्ष अघि अनुवाद गरेको उहाँको हाइकुमा ध्यान गयो । उहाँको अनुमति मागेर अङ्ग्रेजी र अरेबिक दुई भाषामा छापिएको "A Lone Sparrow" हाइकु सङ्ग्रहका सात हाइकु पोस्ट गरेको छु । अनुमति दिनुभएकोमा उहाँप्रति हृदय प्रान्तर हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
 
स्थुल रूपमा बुझ्दा हाइकु सत्र अक्षर र तीन लाइनको संसारकै छोटो कविता विधा हो । सूक्ष्म रूपमा बुझ्दा हाइकु एक वा दुई प्राकृतिक बिम्बमा लेखिएको प्राकृतिक कविता हो । अझै सूक्ष्म रूपमा या कारण रूपमा बुझ्दा हाइकु झेन बुद्धिजमको शून्यतामा आधारित ध्यानात्मक कविता हो । उहाँको हाइकुमा सरलता, गहनता, प्राकृतिक एवं ध्यानात्मक सबै पक्ष पाउन सकिन्छ । भारतले आधुनिक हाइकुलाई नेतृत्व गरिरहेको छ । उहाँको हाइकु हेरेर नेपाली हाइकुकारले हाइकुको बारेमा अझै बुझ्ने र यसको गहनताको बारेमा खोज्ने प्रयास गरेमा मेरो प्रयास सफल भएको ठान्नेछु । सायद नेपालीमा अनुवाद भएका उहाँको यी हाइकु पहिलो हुनुपर्छ । उहाँको हाइकु तपाईं पाठकहरू समक्ष शेयर गर्दा अत्यन्तै खुसी लागेको छ । हेरौं उहाँका केही हाइकु ।
 
a load of wood
in her frail back
autumn evening 
 
दाउरा भारी
(उनको) कमजोर ढाडमा
शरद साँझ ।
 
ripe on the branches
mangoes fall one by one
end of the season
 
हाँगामा पाकी
क्रमशः आँप झर्छ
ऋतु-विश्राम ।
 
drowsy eyes
sun behind the clouds
dreams wrapped up
 
उँगेका आँखा
घाम बादलभित्र
सपना टुट्छ ।
 
winter holiday
my sun chases butterflies
flower to flower
 
जाडोको बिदा
(मेरो छोरो) पुतली पछिपछि
फूल भएर ।
 
on the terrace
facing the sun
an empty chair
 
घरको छत
घामतिर फर्केका
खाली कुर्सी (आसन्द:) ।
 
a lone sparrow
atop the naked branch
viewing sunset
 
एक्लो भँगेरो
नाङ्गो हाँगाको माथि (नाङ्गिएको हाँगामा)
सुर्यास्त हेर्दै । 
 
a dew drop
at the edge of the leaf--
the wind shakes
 
शितको थोपा
पातको किनारामा
हावाले काम्छ (हावाले हल्लाउँछ) ।
 
(५/७/५ लाई संस्कृत शब्द राखेर भएपनि निरन्तरता दिइएको छ)
 
🌷🙏🌷   
 
              

Shree Ram Swodharma is a Yoga teacher, Medical Astrologer, Seeker of Truth and Traveller of long pilgrimage. Writing both in English and Nepali, he lives in Kathmandu, Nepal. 


0 Comments:

Post a Comment

<< Home