Tuesday, September 27, 2022

Shree Ram Swodharma translates my haiku into Nepali

 

Shree Ram Swodharma translates my haiku into Nepali

 

प्रा. डा. आर के सिंह भारतका समकालीन साहित्यका वरिष्ठ कवि, समालोचक साथै पत्रकार, शिक्षाविद् एवं विज्ञान, प्रविधि विज्ञ हुनुहुन्छ । विशेषगरी अङ्ग्रेजी लेखनमा उहाँ सिद्धहस्त हुनुहुन्छ । करिब ५० पुस्तक लेख्नुभएका सिंहका १७० रिसर्च आर्टिकल र १७५ पुस्तक समीक्षा आइसकेका छन् । विश्वभरिका समकालीन हाइकुकारहरूमा पनि उहाँ अगाडि हुनुहुन्छ । हाइकु लेख्दाको सुरुवाती बेलामा म उहाँको हाइकु खोजी खोजी पढ्ने गर्थे । केही दिन अघि मैले करिब २ वर्ष अघि अनुवाद गरेको उहाँको हाइकुमा ध्यान गयो । उहाँको अनुमति मागेर अङ्ग्रेजी र अरेबिक दुई भाषामा लेखिएको "A Lone Sparrow" हाइकु सङ्ग्रहका सात हाइकु पोस्ट गरेको छु । अनुमति दिनुभएकोमा उहाँप्रति हृदय प्रान्तर हादिक कृतज्ञता व्यक्त गर्दछु ।
स्थुल रूपमा बुझ्दा हाइकु सत्र अक्षर र तीन लाइनको संसारकै छोटो कविता विधा हो । सूक्ष्म रूपमा बुझ्दा हाइकु एक वा दुई प्राकृतिक बिम्बमा लेखिएको प्राकृतिक कविता हो । अझै सूक्ष्म रूपमा या कारण रूपमा बुझ्दा हाइकु झेन बुद्धिजमको शून्यतामा आधारित ध्यानात्मक कविता हो । उहाँको हाइकुमा सरलता, गहनता, प्राकृतिक एवं ध्यानात्मक सबै पक्ष पाउन सकिन्छ । भारतले आधुनिक हाइकुलाई नेतृत्व गरिरहेको छ । उहाँको हाइकु हेरेर नेपाली हाइकुकारले हाइकुको बारेमा अझै बुझ्ने र यसको गहनताको बारेमा खोज्ने प्रयास गरेमा मेरो प्रयास सफल भएको ठान्नेछु । सायद नेपालीमा अनुवाद भएका उहाँको यी हाइकु पहिलो हुनुपर्छ । उहाँको हाइकु तपाईं पाठकहरू समक्ष शेयर गर्दा अत्यन्तै खुसी लागेको छ । हेरौं उहाँका सात हाइकु ।
 
a load of wood
in her frail back
autumn evening 
 
दाउरा भारी
(उनको) कमजोर ढाडमा
शरद साँझ ।
 
ripe on the branches
mangoes fall one by one
end of the season
 
हाँगामा पाकी
क्रमशः आँप झर्छ
ऋतु-विश्राम ।
 
drowsy eyes
sun behind the clouds
dreams wrapped up
 
उँगेका आँखा
घाम बादलभित्र
सपना टुट्छ ।
 
winter holiday
my sun chases butterflies
flower to flower
 
जाडोको बिदा
(मेरो छोरो) पुतली पछिपछि
फूल भएर ।
 
on the terrace
facing the sun
an empty chair
 
घरको छत
घामतिर फर्केका
खाली कुर्सी (आसन्द:) ।
 
a lone sparrow
atop the naked branch
viewing sunset
 
एक्लो भँगेरो
नाङ्गो हाँगाको माथि (नाङ्गिएको हाँगामा)
सुर्यास्त हेर्दै । 
 
a dew drop
at the edge of the leaf--
the wind shakes
 
शितको थोपा
पातको किनारामा
हावाले काम्छ (हावाले हल्लाउँछ) ।
 
(५/७/५ लाई संस्कृत शब्द राखेर भएपनि निरन्तरता दिइएको छ)
🌷🙏🌷

https://m.facebook.com/story.php?story_fbid=5776969145666810&id=100000613440374 

 

 

0 Comments:

Post a Comment

<< Home